७ जेष्ठ २०८१, सोमबार

काठमाडौँमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरू

प्रकाशित मिति :  10 May, 2024 4:45 pm


काठमाडौँ । काठमाडौँमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरूभएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तर्गत काठमाडौंको नक्शालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरूको प्रदर्शनी सुरू गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको संयोजन तथा सो प्रतिष्ठानको सहकार्यमा शुरु गरिएको सो प्रदर्शनीका शुक्रवार एक कार्यक्रमबीच प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेका हुन्

शिक्षालाई सिपसँग जोडने काठमाडौँ महानगरपालिकाको कार्यक्रम अन्तर्गत सो प्रदर्शनी सुरू गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिए ।

काठमाडौं महानगरपालिका भित्रका नौ वटा स्कुल सहभागी रहेको सो कलाकृति प्रदर्शनीमा करिव साढे ११ सय चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएका छन् ।

तीन दिनसम्म चल्ने सो प्रदर्शनीले शिक्षालाई सीपसँग जोडन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !