२२ मंसिर २०८२, सोमबार

अनलाइन बेटिङबाट २ अर्ब १ करोड बढी कारोबार गर्ने पक्राउ

प्रकाशित मिति :  13 May, 2024 12:59 pm


काठमाडौँ । वानएक्स बेटमार्फत २ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर वडा नम्बर ८ का २४ वर्षीय अनिल ढुंगाना रहेको प्रमुख भट्टराई रहेका छन् । ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको प्रहरीको भनाइ छ । ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

१५ वटा वालेटहरू प्रयोग गरी ५ करोड भन्दा बडी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाएको छ।



प्रतिक्रिया दिनुहोस !