१२ श्रावण २०८१, शनिबार

स्याङ्जामा बालिकालाई गर्भवती बनाउने युवक पक्राउ

प्रकाशित मिति :  14 May, 2024 11:11 am


काठमाडौँ । स्याङ्जामा जबरजस्ती करणी गरी १५ बर्से बालिकालाई गर्भवती बनाएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

डर, त्रासमा पारी बालिकालाई पटक पटक करणी गरेर गर्भवती बनाएकाे आराेपामा हरिनास गाउँपालिका वडा नम्बर ३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

परिवर्तित जिल्ला ४० स्थित आफ्नै घर कोठामा १५ वर्षीय परिवर्तित नाम ०८०\०८१ आधिँखोला ९८ लाई गर्भवती बनाएको थापालाई आरोप लागेको छ ।

बालिकालाई गर्भवती बनाएको हुँदा कानुन बमोजिम कारबाही गरी पाउँ भन्दै परिवारले किटानी जाहेरी दिएकोले थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।

पक्राउ परेका थापालाई जबरजस्ती करणी मद्दा दर्ता गरी स्याङ्जा अदालतबाट १० दिको म्याद थप लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !