२५ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमित बढेसँगै लकडाउनमा कडाई,एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास खारेज

प्रकाशित मिति :  12 May, 2020 8:15 pm


 

काठमाण्डौं, ३० वैशाख ।

कोरोना संक्रमितको संख्या बढेलगत्तै सरकारले लकडाउन कडा बनाएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि यसअघि जारी गरिएको ई-पास लगायत सम्पूर्ण सवारी पास खारेज गरेको जनाएको छ ।

अब अति आवश्यक कामका लागि प्रमुख जिल्ला अधिकारीले मात्रै पास जारी गर्ने छन् । गृह मन्त्रालयको परिपत्रमा,‘एक जिल्लाबाट अर्को अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था भए उपत्यका बाहिरका जिल्लाहरुको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्ने’ उल्लेख छ ।

त्यस्तै काठमाण्डौं उपत्यका बाहिरका जिल्लाले काठमाण्डौं उपत्यका प्रवेश गर्नका लागि पास जारी गर्नुपर्ने अत्यावश्यक भए गृहमन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्ने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी पास विना सवारी साधन चलेको पाईए तत्कालै सम्बन्धित जिल्लाले रोक्ने गृह मन्त्रालयको परिपत्रमा भनिएको छ । जेठ १ गतेदेखि निर्णय लागु गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीलाई भनेको छ ।



प्रतिक्रिया दिनुहोस !