२१ मंसिर २०८२, आइतबार

अवस्था ठिक नभएका सवारी साधन चलाउने ७४ जना चालक कारबाहीमा

प्रकाशित मिति :  20 May, 2024 10:13 am


काठमाडौँ । काठमाडौँको बालाजुमा हिजाे (आइतबार) गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

२०० भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका १० ओटा भाडाका सवारी साधन सहित ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली काठमाडौँको बालाजु क्षेत्रमा आज खटिएको थियो ।

सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।



प्रतिक्रिया दिनुहोस !