१५ बैशाख २०८१, शनिबार

कृषिमा नमूना काम गर्दै स्थानीय सरकारः बाँझाे राखे जरिवानादेखि खेति गर्नेलाइ प्राेत्साहन गर्न पुरस्कारसम्म

प्रकाशित मिति :  14 May, 2020 1:57 pm


काठमाडाैं, १ जेठ । 

जग्गा बाँझाे राख्नेलाइ कारवाही गरिने भएकाे छ । यस्ताे नियम बनाएकाे हाे चितवनस्थित माडि नगरपालिकाले ।

नगर कार्यपालीकाले सूचना जारी गर्दै खेतियाेग्य जमिन बाँझाे राख्नेलाइ प्रति कठ्ठा वार्षिक एक हजार रूपैया जरिवाना तिराउने भएकाे छ । बाँझाे जमिन राख्नेलाइ नगरपालिकाबाट प्राप्त हुने अन्य सुविधा पनि कटाैती हुने जनाइएकाे छ।

पाँचथर जिल्लास्थित मिक्लाजुङ गाउँपालिका  गाउँपालिकाले पनि कृषक प्राेत्साहनकाे कार्यक्रम ल्याएकाे छ । कार्यपालिकाको बैठकले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई एक लाख रुपैयाँ पुरस्कार उपलब्ध गराउने निर्णय गरेकाे छ ।

चार फिट उचाइ र २० फिट लम्बाइ भएको थाङ्ग्रोमा मकै राख्ने कृषकलाई पनि एक लाख रुपैयाँको पुरस्कार दिइने निर्णय गरिएको छ। ३५ मन (प्रतिमनमा ४० किलो)भन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो २० रुपैयाँ नगद पुरस्कार दिइने निर्णय पनि पालिकाकाे छ ।

यसअघि दाङको तुलसीपुर उपमहानगरपालिकाले गतर वर्ष नै वर्षैभरी जग्गा बाँझो नराख्ने किसानको पहिचान गरी पुरस्कृत गर्ने कार्यक्रम ल्याएकाे थियाे ।

यस्ताे छ माडीकाे सूचनाः

मिक्लाजुङ गाउँपालिकाकाे सूचनाः



प्रतिक्रिया दिनुहोस !