१७ बैशाख २०८१, सोमबार

कारोनाः विश्वभर मृतकको संख्या ३ लाख नाघ्यो,’अमेरीका आधुनिक इतिहासकै सबैभन्दा भयावह स्थितिमा’

प्रकाशित मिति :  15 May, 2020 8:01 am



एजेन्सी, २ जेठ ।

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । पछिल्लो तथ्याङ् अनुसार ३ लाख २ हजार ३ सय ७६ जनाको मृत्यु भएको हो । ४४ लाख ४० हजार ९ सय ८९ जना संक्रमित बनेका छन् ।

यसैबीच,अमेरीकी पूर्व स्वास्थ्य अधिकारी रिक ब्राइटले कोरोनाका कारण अमेरीका आधुनिक इतिहासकै सबैभन्दा भयवह स्थितिमा रहेको बताएका छन् । अमेरीकाको हाउस अफ रिप्रेजेन्टेटिम्सको स्वाथ्य उपसमितिमा बोल्दै उनले सरकार कोरोना भाइरसको नियन्त्रणका लागि सरकार सुरुवातमै निष्कृय बन्दा अमेरीकी नागरिकले अहिले ज्यान गुमाइरहेको बताए ।

ब्राइटले भने,‘ मैले त्यतिबेलै चेतावनी दिएको थिए कि कोरोना भाइरसको असर शुरुवातमै हामी कम गर्न सक्छौं तर कसैले सुनेन । २०२० आधुनिक अमेरीकाको इतिहासमा सबैभन्दा भयावह वर्ष हुन सक्छ । मैले कोरोनाको विषयमा शुरुवातमै सबैखाले कुरा उठाएको थिए तर कसैल मेरो कुरा सुनेन ।’

ब्राइटले कोरोना भाइरसको खोप बनाउने एजेन्सीको नेतृत्व गरिरहेका थिए यद्यपी पछि उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले हटाएका थिए । अमेरीकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८५ हजार पार गरिसकेको छ । अहिलेसम्म अमेरीकामा ८५ हजार ८ सय ८६ जनाको ज्यान गएको छ भने १४ लाख १७ हजार ५ सय १२ जना संक्रमित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !