१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा थप ८ र मकवानपुरमा एक जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  15 May, 2020 8:19 am


काठमाण्डौं, २ जेठ ।

बाँकेमा थप ८ र मकवानपुरमा १ जना कोरोना संंक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयले विहान विज्ञप्ति जारी गरेर मकवानपुरमा एक ३७ वर्षीय पुरुष र बाँकेको नैनापुरको-१,३ र ५ का १८,२०,२२,२५,२५,२७,३२ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको जनाएको छ ।

बाँकेका नयाँ संक्रमितहरु सबै दक्षिण भारतवाटआई क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ । योसंगै देशभर कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !