८ जेष्ठ २०८१, मंगलबार

कोरोनाले लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा पारेको असर अध्ययन गर्न कांग्रेसद्धारा समिति गठन

प्रकाशित मिति :  15 May, 2020 2:59 pm


काठमाडाैं, २ जेठ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्न बिशेष समिति गठन गरेको छ । कांग्रेसले उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।

कांग्रेसले गठन गरेको समितिका सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा रहेका छन् ।

त्यस्तै छत्र गिरी, सूर्यबहादुर के.सी., मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा पनि सदस्य छन् । समितिमा सदस्य संख्या २१ जना नबढ्ने गरी थप्न सकिने नेपाली कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।

कांग्रेसले गठन गरेको समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिनेछ ।

त्यस्तै दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने पनि कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !