७ कार्तिक २०८१, बुधबार

राप्ती गाउँपालिकाले ल्यायो ११३ बुँदे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

प्रकाशित मिति :  18 June, 2024 8:27 am


देउखुरी । दाङदेउखुरीस्थित राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८१–८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सोमबार पालिकाको दोस्रो गाउँसभाको पाचौं  अधिवेशनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथामिकतामा राखेको बताए।

पालिकाभित्र संचालित सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास शिक्षादेखि दश कक्षासम्म निःशुल्क शिक्षाका लागि भर्ना शुल्क, मासिक पढाई शुल्क तथा पाठ्यपुस्तक शुल्क नलिने कार्यलाई निरन्तरता दिने तथा विद्यालयलाई अनुदान लगायत शैक्षिक सुधारका कार्यक्रम ल्याइने भएको छ।

भालुवाङ अस्पतालबाट विशेषज्ञ सेवा सञ्चालनका लागि प्रदेश सरकारसँग पहल गर्ने र राप्ती आधारभूत अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याइने विष्टले बताए । बडातहमा ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त बेसहारा नागरिकहरुलाई स्थलगत रुपमा घुम्ती विशेषज्ञ शिविर सञ्चालन गर्ने, ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा बेसहारा, अपाङ्गता भएका क र ख वर्गका व्यक्तिहरु, गर्भवती तथा प्रसूति सेवाका लागि गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवाप्रदान गर्ने कार्यलाई निरन्तरता दिइने नीति अबलम्बन गरिने भएको छ ।

कृषिमा हाल संचालनमा रहेका एक घर एक करेसाबारी र पकेट क्षेत्रमा व्यावसायिक तरकारी कार्यक्रम लगायतका कार्यक्रमलाई प्राथमिकता दिइने नीति ल्याइएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारीमार्फत हलेदो प्रशोधन उद्योग स्थापना गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरणमार्फत रोजगारी र आय वृद्धि गरी कृषिमा आत्मनिर्भर गाउँपालिकाका रुपमा विकास गर्न साझेदारी कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिका भित्रका कृषि योग्य भूमिको पहिचान, वर्गीकरण र संरक्षण गर्दै खेती प्रणालीमा चक्लाबन्दी तथा कृषि सडक विस्तारको नीति अवलम्बन गरिने अध्यक्ष विष्टले बताए ।

यस्तो त पालिकाको नीतिको पूर्ण पाठः



प्रतिक्रिया दिनुहोस !