७ कार्तिक २०८१, बुधबार

प्युठानको नौबहिनी गाउँपालिकामा सय केजी खसीबोका उत्पादन गर्ने कृषिकलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान

प्रकाशित मिति :  25 June, 2024 11:07 am


प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले वर्षिक एकसय केजी खसी बोका उत्पादन गर्ने कृषिकलाई प्रतिकेजी ८० रुपैयाँका दरले अनुदान दिने भएको छ ।

आर्थिक वर्ष २०८१ । ०८१ को बजेटमा दुधमा तथा मासुमा नौबहिनी गाउँपालिकालाई आत्म निर्भर बनाउने कार्यक्रम ल्याएको हो ।

दुधमा पनि प्रतिलिटर ५ रुपैयाँको दरले अनुदान दिइने छ । समूहमा एक हजार केजी खसी बोका उत्पादन गर्ने समूहलाई प्रतिकेजी रु ५० का दरले अनुदान दिने व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।

यस्तै ‘ एक हातमा अनुदान, एक हातमा उत्पादन’ अन्तर्गत हरेक वडामा एक कृषि पकेट क्षेत्रको अवधारणा अगाडि सारेको छ । पालिकाले कृषि क्षेत्रको विकास र प्रवर्धनका लागि अनुदानमा जोड दिएको छ ।
बजेटको पूर्ण पाठ :



प्रतिक्रिया दिनुहोस !