७ बैशाख २०८१, शुक्रबार

नेपालमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु,सरकारद्धारा पुष्टि

प्रकाशित मिति :  16 May, 2020 8:59 pm


काठमाण्डौं, ३ जेठ ।

कोरोनाका कारण नेपालमा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।  काभ्रेको धुलिखेल अस्पतालमा  पहिलोपटक कोरोना एक महिलाको कोरोना भाइरसका कारण ज्यान गएको सरकारले पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयले भनेको छ,‘ कोभिड—१९ संग सम्बन्धित थप परीक्षण पश्चात् नेपालमा कोभिड—१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।’

सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर बच्च जन्माएकी थिईन् । उनी २५ गते घर फर्केकी थियो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘ उहाँलाई ज्वरो,श्वास प्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ । ’

मन्त्रालयद्धारा जारी विज्ञप्ति :



प्रतिक्रिया दिनुहोस !