१७ बैशाख २०८१, सोमबार

धुलीखेल अस्पतालमा मृत्यु भएकी महिलाबारे अध्ययन भईरहेको छ: स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति :  16 May, 2020 4:43 pm


काठमाण्डौं, ३ जेठ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभ्रेको धुलीखेल अस्पतालमा  मृत्यु भएकी महिलाबारे अध्ययन गरिरहेको जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले महिलाको मृत्यु कोरोनाको कारणले हो वा अन्य कारणले मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिए ।

उनले भने,‘ सबै अध्ययन सकिएपछि हामी सत्यतथ्य जानकारी गराउने नै छौं ।’ कोरोनाको कारण एक महिलाको मृत्यु भएको समाचार फैलिएपछि मन्त्रालयले यसबारे अध्ययन भईरहेको जानकारी गराएको हो ।

९ दिनअघि काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चो बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनी स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !