७ बैशाख २०८१, शुक्रबार

रौतहटमा थप १० जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  17 May, 2020 7:44 am


काठमाण्डौं, ४ जेठ ।

रौतहटमा थप १० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर आज विहान १० जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएको हो ।

मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीद्धारा जारी गरिएको विज्ञप्तिमा रौतहट राजपुर नगरपालिका-९, फरहदवाका १८,३२,३६,३९,४२,४८ वर्षीय पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ४ निवासी,२८,३० र ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको उल्लेख छ ।

यो संगै देशभर संक्रमितको संख्या २ सय ९१ जना पुगेको छ ।  अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !