१७ बैशाख २०८१, सोमबार

अमेरीकी परियोजना एमसीसी संसदबाट तत्काल पारित गर्न कांग्रेस सभापति देउवाको माग

प्रकाशित मिति :  17 May, 2020 11:58 am


काठमाण्डौं, ४ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरीकी परियोजना एमसीसी संसदबाट तत्काल पारित गर्न माग गरेका छन् ।

प्रतिनिधी सभामा सरकारको नीति तथा कार्यक्रममाथी आफ्ना धारणा राख्दै सभापति देउवाले सुशील कोईराला नेतृत्वको सरकारले गरेको अहिलेसम्मको ठूलो सहयोग सम्झौता एमसीसी संसदबाट पारित गर्न माग गरेका हुन् ।

देउवाले भने,‘अघिल्लो सरकारले हालैसम्म गरेको सबैभन्दा ठूलो सहयोग सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्ने सरकारको उदासिनता देखिएको छ ।’

सभापति देउवाले एससीसी सम्बन्धित परियोजना अहिलेकै सदनमा प्रस्तुत गर्न र पारित गर्न सरकारसँग माग गरे । पूर्ववर्ती सरकराले गरेका निर्णय सम्झौता उल्लघंन गर्दै जाने हो भने यस्ता प्रवृत्तिले गलत नजिर स्थापित गर्ने उनले चेतावनी दिए ।

अमेरीकी परियोजना एमसीसीबारे चर्को विरोध हुँदै आएको छ । यो परियोजना अमेरीकी सैन्य रणनीति अन्गर्तको भन्दै सत्तारुढ नेकपाभित्र विवाद भएको थियो । पछि पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा समिति बनाएर अध्ययन गरेको थियो । समितिले एमसीसी अमेरीकी सैन्य रणनीति अन्गर्तकै भएको निष्कर्ष निकालेको थियो ।

कोभिड—१९ ले गरेको क्षति र गर्न सक्ने क्षतिबारे ज्ञान नै छैन

यस्तै सरकारको नीति तथा कार्यक्रममाथी आफ्नो धारणा र सुझाव राख्दै सभापति देउवाले सरकारलाई कोरोना भाइरसको प्रभावबारे जानकारी नै नभएको टिप्पणी  गरे ।

उनले भने,‘सरकारलाई कोभिड—१९ ले गरेको क्षति र गर्न सक्ने क्षतिबारे ज्ञान नै छैन ।’ सभापति देउवाले सरकारले जनताको कुनै दुःख बुझन नसकेको र जनताको संमवेदना बुझ्ने सरकारसँग कुनै ह्रदय नै नभएको टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रम एक वर्षीयबाट बरालिएर बहुबर्षीय बनेको देउवाको मुल्याङ्कन छ । सरकारको नीति तथा कार्यक्रम जनतामा आशा जगाउने र विश्वास जित्न असफल भएको उनको टिप्पणी थियो ।

उनले कोरोना संक्रमित भेटिएको र लकडाउन भएको यतिका दिनसम्म सरकारले के ग¥यो भन्दै प्रश्न गरे । सभापति देउवाले अहिलेसम्म प्रयाप्त स्वास्थ्य सामाग्री पुराउन नसकेको भन्दै आलोचना गरे ।

उनले विदेशमा रहेका र देशभित्रै पनि घरबाहिर रहेर अलपत्र रहेकालाई सुरक्षित तरिकाले घर पुराउन सरकारसँग कुनै योजना नभएको   बताए ।

सभापति देउवाले भने,‘ सीमा बाहिर बिचल्लिमा रहेका र देशभित्र पनि घर बाहिरै असाय अवस्थामा रहेका नगारिकलाई सुरक्षित हिसाबले घर पठाउने कुनै योजना नहुनुले जनताले सरकारको अनुभूति भएको महसुस गरेका छैनन् ।’ उनले विगतका नीति तथा कार्यक्रम पुन: एक पटक पढ्न प्रधानमन्त्रीलाई आग्रह गर्दै कायान्वयनको अवस्थाबाट लज्जित हुनुपर्ने अवस्था रहेको बताए ।

सरकारले मुलुक तिब्र विकासमा अगाडी बढीरहेको दाबी गरेपनि न्यून पूँजी खर्चले सरकारको दाबीलाई खण्डन गरेको सभापति देउवाको भनाई छ ।

भ्रष्टाचार नियन्त्रण गरेको दाबी गरेको भन्दै सभापति देउवाले भने,‘ मन्त्री नै भ्रष्टाचारको घटना संलग्न हुने तर भ्रष्टचार नियन्त्रण गरेको भन्ने कुरा त जनता हसाउँने कुरा होईन र ?’ उनले प्रधानमन्त्रीबाट नै भ्रष्टचारको संरक्षण भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !