२५ बैशाख २०८१, मंगलबार

जेठ २० गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय

प्रकाशित मिति :  17 May, 2020 8:29 pm


काठमाण्डौं, ४ जेठ ।

सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विश्वव्यापी फैलने जोखिम बढ्दै गएको देखिएकोले रोकथाम नियन्त्रणका लागि जेठ २० गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।

यसअघि निर्णय भएका गतिवधि सुरक्षित ढंगले यथावत रहन दिने र लकडाउन थप्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमणबाट मानिसको मृत्यु समेत हुन थालेको छ । आजसम्म २ जनाको मृत्यु भएको छ भने २ सय ९५ जना संक्रमित भेटिएका छन् ।

यसअघि थपिएको लकडाउन भोली सकिदैन । कारोना संक्रमण बढ्न थालेपछि सरकारले चैत ११ गतेदेखि लकडाउन लागु गरेको छ ।



प्रतिक्रिया दिनुहोस !