११ बैशाख २०८१, मंगलबार

भारतमा कारोना संक्रमित संख्या ९५ हजार नाघ्यो, ब्राजिलमा सरकारी अस्पताल ९० प्रतिशत भरिए

प्रकाशित मिति :  18 May, 2020 7:43 am


एजेन्सी, ५ जेठ ।

भारतमा कोरोनाबाट संक्रमितको संख्या ९५ हजार पार गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार भारतमा ९५ हजार ६ सय ९८ जना संक्रमित बनेका छन् भने मृतकको संख्या ३ हजार २५ पुगेको छ । संक्रमण बढ्दै गएपछि भारतमा ३१ मे सम्म चौथो चरणको लकडाउन गरिएको छ ।

अमेरीकामा पछिल्लो २४ घण्टामा ८ सय २० जनाको मृत्यु भएको छ । यो संगै अमेरीकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८९ हजार ५ सय ५० पुगेको छ । संक्रमित संख्या १४ लाख ८६ हजार भन्दा धेरै छ ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीकामा कोरोना संक्रमण तिब्र रुपमा कम भएको दाबी गरेपनि अहिलेपनि कतिपय ठाउँमा ठूलो समस्या रहेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

पछिल्लो समय ब्राजिल कोरोनाका कारण तिब्र चपेटामा परेको छ । सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयर ब्रूनोले कोरोना महामारीका कारण देशको स्वास्थ्य व्यवस्था धरमराउने स्थितिमा पुगेको चेतावनी दिएका छन् ।

उनका अनुसार देशका सबै सरकारी अस्पताल ९० प्रतिशत भरिएका छन् । उनले कोरोनाका कारण बच्नका लागि लकडाउनको नियम कडाईका साथ पालना गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !