१६ बैशाख २०८१, आइतबार

दाङ बंगालाचुली गाँउपालिकामा क्वारेन्टाइन बन्दै, भारतबाट आउने स्थानीय सबैको उद्धार हुने

प्रकाशित मिति :  18 May, 2020 2:22 pm


दाङ, ५ जेठ ।

दाङ बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा क्वारेन्टाईन निर्माण भैरहेको छ ।

नेपाल भारत सीमा नाकामा आउने बंगलाचुली गाउँपालिकाका स्थानीय बासिन्दालाई सम्बन्धित वडासम्म ल्याउने व्यवस्था समेत मिलाईएको गाँउपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिए ।

उनीहरुलाई सिधै सम्बन्धित वडाको क्वारेन्टाईनमा पुर्याईने छ भने अनिवार्य पिसिआर जाँच हुने छ । सुरक्षित ढंगले यात्रा गर्न र होसियारी अपनाउन बंगलाचुली गाउँपालिका अध्यक्ष वलीले अनुरोध गरेका छन् ।

साथै अध्यक्ष वलीले कोईलाबास र कृष्णनगर नाका भएर आउन सबैलाई अनुरोध गरेका छन् । नेपाल आउने सम्बन्धित व्यक्तिले सम्बन्धित वडा अध्यक्षलाई सम्पर्क गर्न गाँउपालिकाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !