२४ बैशाख २०८१, सोमबार

रोल्पा अस्पतालमा एक जनाको मृत्यु, स्वाब परीक्षणका लागि पठाईयो

प्रकाशित मिति :  18 May, 2020 8:55 pm


रोल्पा,५ जेठ । रोल्पामा अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका—१ का रेशम कवँर रहेका छन् ।

आइतबार राति १० बजे आइसोलेशनमा भर्ना भएका २२ वर्षका युवकको आज दिउँसो ४ बजे मृत्यु भएको हो। काठमाण्डौँमा लामो समयदेखि मृगौलाको डायलासिस् गरारहेका उनी आइतबार बेलुका मात्रै रोल्पाका आएको थिए । रोल्पा नगरपालिकाका मेयर पूर्ण के.सी.ले उनको स्वाब परीक्षणका लागि पठाईएको जानकारी दिए ।

उनले भने,‘ आरडीटी परीक्षण नेगेटिभ आएको थियो त पनि केही हुन सक्छकी भनेर स्वाबका परीक्षणका लागि पठाईएको छ । ’ मेयर केसीले क्वारेन्टाइनमा नभइ अस्पतालमा कवँरको मृत्यु भएको बताए ।



प्रतिक्रिया दिनुहोस !