२४ बैशाख २०८१, सोमबार

भारतबाट आएकाहरुमा अलि कडा कोरोना भाइरस देखियो : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  19 May, 2020 12:35 pm


काठमाण्डौं, ६ जेठ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आउनेको संक्रमित संख्या धेरै भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदाय स्तरमा अहिलेपनि निकै कम संक्रमित भएको भन्दै धेरैजसो बाहिरबाट आउने संक्रमित भएको जानकारी दिए ।

उनले भारतबाट आएकाहरुमा अलि बढी कडा भाइरस देखिएको बताए । सरकारको कारोना संक्रमण रोकथाम तथा नियन्त्रणबारे जानकारी गराउदै प्रधानमन्त्री ओली संक्रमण अझै बढ्न सक्ने बताए ।

उनले कोरोनाका कारणले ज्यान नजाओस् भनेर लाग्दा लाग्दै पनि २ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरे । अहिलेसम्म ३४ जिल्लामा कोरोनाको संक्रमण फैलिएका प्रधानमन्त्रीले जानकारी दिए ।

जनताको चेतना र जनप्रतिनिधीको दबावको कारणले बाहिरबाट आउनेलाई रोक्न नसक्दा भयावह स्थितिमा जानुपर्ने हो की भन्ने खतराभएपनि हामी रोक्न सक्ने स्थितिमा रहेको प्रधानमन्त्रीको भनाई छ । ।

यसमा गम्भीरतापूर्वक ध्यान दिनु र सबै देश एकताबद्ध हुन आवश्यक रहको बताए । यसभित्र पनि राजनीति गर्न खोज्ने, स्थितरता सरकारको नियन्त्रण भन्दा पनि सरकारको असफलता देखाउन खोज्नेका कुरा छोडेर जनताबाट व्यापक समर्थन प्राप्त गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !