२० बैशाख २०८१, बिहिबार

प्रवासी मजदूर फर्काउन विशेष ट्रेन र वस चलाउने भारतको निर्णय, नेपाललाई थप अफ्ठेरो

प्रकाशित मिति :  20 May, 2020 8:19 am


काठमाण्डौं, ७ जेठ ।

भारतले ठूला सहरका प्रवासी मजदूर घर फर्काउन थप विशेष ट्रेन र बस सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

लकडाउनका कारण मजदूरसँग खाद्यान्न सकिएपछि सडकमा विचल्लि परेको तस्विरहरु सर्वाजनिक भईरहेका बेला भारतले यस्तो घोषणा गरेको हो । भारतमा कोरोना संक्रमण तिव्र फैलिएका बेला घर फर्किएकाहरुमा पनि संक्रमण भेटिएको छ ।

मार्चदेखि भारतमा लकडाउन जारी रहँदा थप संकट देखिएको छ । भारतको गृहमन्त्रालयले पैदल जानबाट रोक्नका लागि विशेष ट्रेन र बस सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।   भारतको घोषणाले नेपालमा समेत संकट थपिने देखिएको छ ।

रोजगारीमा गएका कैयौं नेपाली फर्किरहेका छन् भने यसले थप संकट बढ्ने देखिएको छ । अहिले नेपालमा देखिएका संक्रमित धेरैजसो भारतबाट आएका छन् ।

भरतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ र संक्रमितको संख्या एक लाख भन्दा धेरै पुगेको छ । भारतमा कोरोना केन्द्रका रुपमा मुम्बई,दिल्ली तथा अहमदाबाद बन्दै गएका छन् जहाँ सबैभन्दा धेरै प्रवासी कामदार रहने गर्दछन् । भारतमा अहिलेसम्म १ लाख ६ हजार ४ सय ७५ जना संक्रमित बनेका छन् ३३ सय २ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !