२३ भाद्र २०८१, आइतबार

प्रधानमन्त्री ओलिको प्रश्नः विश्वविद्यालयमा आफैँ अशान्ति गराउने अनि शान्ति भएन भन्ने ?

प्रकाशित मिति :  22 August, 2024 4:44 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

उनले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने ? भनेर प्रतिप्रश्न समेत गरे।

“शिक्षाको सम्बन्धमा म के भन्छु भने हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर, शिक्षक, विद्यार्थी, अभिभावक, समाज हरेक पक्ष जिम्मेवार भएर । ताला अरुले लाउन आउने त होइन । आफैँ ताला लाउने अनि पढाइ भएन भन्ने । शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने । विश्वविद्यालय, महाविद्यालयहरु शान्ति क्षेत्र हुनुपर्ने । ति ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरी शान्ति भएन भन्ने रु त्यस खालका तरिकाहरू हरेकले छोड्नुपर्छ,”उनले भने ।

उनले शिक्षाका समस्या सबै मिलेर समाधान गर्नुपर्ने भन्दै सम्बन्धित सबैले जिम्मेवारीबोधका साथ ध्यान दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !