८ जेष्ठ २०८१, मंगलबार

थप १७ जना कोरोनामा संक्रमणको पुष्टि, झापामा मात्रै एकैपटक १५ जना संक्रमित

प्रकाशित मिति :  21 May, 2020 7:29 am


काठमाडौं, ८ जेठ ।

नयाँ १७ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर १७ जना नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा विहान जारी विज्ञप्तिमा झापामा कचनकवल गाँउपालिकामा मात्रै १५ जना भेटिएका उल्लेख छ ।

कचनकवल गाँउपालिका वडानम्बर ३,६ र ८निवासी १८,१८,१९,१९,२३,२३,२३,२५,२६,२६,२८,३०,३२,३७ र ४७ वर्षीय पुरुष संक्रमित भएका छन् ।

त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र धरानका ५१ महिला संक्रमित भएको मन्त्रालयको विज्ञप्तिमा छ । योसंगै संक्रमितको संख्या ४ सय ४४ पुगेको छ भने अहिलेसम्म २ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !