१३ बैशाख २०८१, बिहिबार

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुग्यो, प्रदेश-५ मा मात्रै २ जनाको मृत्यु

प्रकाशित मिति :  21 May, 2020 1:44 pm


रुपन्देही, ८ जेठ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको निधन भएको  हो । प्रदेश ५ को सामाजिक मन्त्रालयले विज्ञप्ति निकालेर संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । कोरोनाका कारण यसअघि सिन्धुपाल्चोकमा १ जना र बाँकेमा १ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयले भनेको छ,‘ कोरोना भाइरस(कोभिड—१९) को संक्रमण भई रुपन्देहीको मणिग्राम स्थिति क्रिमसन अस्पतालको सघन कक्षको भेण्टीलेटरमा उपचाररत मदाने गाँउपालिका-६ निवासी ४१ वर्षीय शिक्षकको विहिबार विहान दुःखद निधन भएको छ । उहाँलाई बचाउने अनेकौं प्रयास गर्दापनि बचाउन नसकिएकोमा निकै दुःखी छौं ।

मृत्यु हुने गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टीलेटरमा राखेर उपचार गराईको थियो ।गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परिक्षणमा कोरोना संक्रमण देखीएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहानको तथ्याङ अनुसार अहिलेसम्म देशभर संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । कोरोनाबाट  प्रदेश – ५ मा मात्रै २ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !