२४ बैशाख २०८१, सोमबार

प्रदेश-५ सरकारको नीति तथा कार्यक्रम जेठ १० गते

प्रकाशित मिति :  21 May, 2020 8:02 pm


रुपन्देही ८ जेठ ।

प्रदेश-५ सरकारको नीति तथा कार्यक्रम जेठ १० गते प्रदेश सभामा पेश हुने भएको छ ।

आज बसेको  मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७ /०७८ को नीति कार्यक्रम जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस संयोजक शेरबहादुर केसीले जानकारी गराएका छन् । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । प्रदेश ५ को प्रदेश सभा अधिवेशन भोलिदेखि सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !