१३ बैशाख २०८१, बिहिबार

बाँकेमा २ र कपिलवस्तुमा थप १ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  21 May, 2020 9:02 pm


काठमाण्डौं,८ जेठ ।

बाँकेमा २ र कपिलवस्तुमा थप १ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय विज्ञप्ति निकालेर संक्रमितको पुष्टि गरेको हो । यो संगै देशभर कोराना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

संक्रमि मध्य बाँकेको नरैनापुर—३ का ३२ वर्षीय पुरुष, खजुरा—३ का ४२ वर्षीय महिला तथा कपिलवस्तु सुद्दोदन गाँउपालिका निवासी १९ वर्षीय पुरुष रहेका मन्त्रालयले जनाएको छ ।

यसअघि आजै २७ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको थियो । आज मात्रै ३० जना संक्रमित थपिएका छन् । अहिलेसम्म कोरोनाका संक्रमित ३ जनाको मृत्यु भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !