८ जेष्ठ २०८१, मंगलबार

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, आज मात्रै थपिए ५० जना

प्रकाशित मिति :  22 May, 2020 4:28 pm


काठमाण्डौं,९ जेठ ।

कोरोना संक्रमितको संख्या आज मात्रै ५० जना थपिएको छ ।

विहान ३० जनामा संक्रमणको पुष्टि गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २० जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ । संक्रमण ४० जिल्लामा फैलिएको छ ।

पछिल्लो २० जना संक्रमित मध्य बाँकेमा १४ जना,कैलालीमा ३, डडेल्धुरामा १,बैतडीमा १ र मोरङमा १ जना रहेका छन् । अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । आज बाँकेमा २१ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमण निको हुनेको संख्या ७० छ ।



प्रतिक्रिया दिनुहोस !