२ जेष्ठ २०८१, बुधबार

३२ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  23 May, 2020 8:54 am


काठमाण्डौं,१० जेठ ।

३२ जना कोरोना संक्रमित थपिएका छन् ।

विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर देशका विभिन्न जिल्लामा गरि ३२ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी गराएको हो ।

मन्त्रालका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, रुपन्देहीको गडहवा र रोहिणी गाँउपालिकामा ८ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ तथा काठमाण्डौंमा १ जना, बाराको करैयामाई नगरपालिकामा १ जना, चितवनको भरतपुर—६ मा १ जना सहित ३२ जना कोरोना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । ३ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !