२ जेष्ठ २०८१, बुधबार

फेरी थपिए ३६ जना कोरोना संक्रमित, आजमात्रै ६८ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  23 May, 2020 4:38 pm


काठमाण्डौं,१० जेठ ।

आजै थप ३६  जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लाका ३६ जना कोरोना संक्रमित भेटिएको जानकारी गराएका हुन् ।

बाँकेको नरैनापुर गाँउपालिकामामात्रै थप २७ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार नरैनापुर-३ राष्ट्रिय प्रावि गेगलीका १५ जना, नरैनापुर-१ के राष्ट्रिय प्रावि महतनीयामा रहेका ६ जना र नरैनापुर मदरसाका ६ जना गरि २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको    हो । यो सँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

बर्दिया बडैया तालका १ जना, झापा, झापा गाँउपालिका डिल्लीराज मा.वि क्वारेन्टाइनमा रहेका १ जना, बैतडी शिवनाथ गाँउपालिका र सेती अस्पतालमै रहेका ४ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै देशभर कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !