१७ बैशाख २०८१, सोमबार

रोल्पाको त्रिवेणी गाँउपालिकाद्धारा सीमामा अलपत्र परेकाहरुको उद्धार सुरु

प्रकाशित मिति :  24 May, 2020 11:56 am


रोल्पा, ११ जेठ ।

रोल्पाको त्रिवेणी गाँउपालिकाले सीमामा अलपत्र परेका स्थानीयवासीको उद्धार सुरु गरेको छ ।

गाँउपालिकाले भारतका विभिन्न ठाँउबाट आएर नेपाल भारत सीमामा रहेका त्रिवेणी गाँउपालिका भित्रका वासिन्दालाई गाँउपालिका ल्याउन सुरु गरेको हो । गाँउपालिकाले अबको १५ दिनसम्म सीमामा रहेका नागरिकको उद्धार गर्ने जनाएको छ ।

गाँउपालिकाले २० देखि ३० जनाको समूह बनाई गाँउपालिकामा तत्कालन सम्पर्क गर्न आग्रह गरेको छ । गाँउपालिकाका अध्यक्ष शान्त कुमार ओलीले सामाजिक सञ्जालमा समेत भनेका छन्,‘भारतबाट नेपाल रोल्पा त्रिवेणी आउनुहुँने महानुभावहरु ३०४० जनको समूह बनाएर सुरक्षित भएर १५ दिनभित्र आउनुहोला । हिड्नुपूर्व आउनेको नाम ठेगाना,समय,फोन,नम्बर गाँउपालिकामा पठाउनुहोला ।’

भारतमा कोरोना संक्रमण बढ्दै जान थालेपछि नेपालीहरु घर फर्कन थालेका छन् । सीमामा अलपत्र पर्न थालेपछि स्थानीय गाँउपालिकाले

आ-आफ्ना क्षेत्रका नागरिकको उद्धार गर्न सुरु गरेका हुन् ।

गाँउपालिकाले सूचनासहित सम्पर्कका लागि सार्वजनिक गरेको सम्पर्क नम्बर:



प्रतिक्रिया दिनुहोस !