१७ बैशाख २०८१, सोमबार

विप्लव नेतृत्वको नेकपा नेतृ उमा भुजेल धरौटी तिरेर रिहा भएलगत्तै फेरी पक्राउ

प्रकाशित मिति :  24 May, 2020 2:46 pm


झापा, ११ जेठ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल धरौटी तिरेर रिहा भएलगत्तै प्रहरीले फेरी पक्राउ गरेको छ ।

नेकपाको तत्कालीन पोलिट ब्यूरो सदस्य तथा मेची-कोशी ब्यूरो इन्चार्ज भुजेललाई प्रहरीले आज पुनःपक्राउ गरेको हो । भुजेलले झापा जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाएर रिहाइ भए लगत्तै अदालत परिसरबाटै पुनः पक्राउ गरिएको छ । उनलाई धनुषा लैजाने तयारी छ ।
भुजेललाई गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई जिल्ला अदालत सुनसरीले छाड्ने आदेश दिएपनि पुनः पक्राउ गरि झापा लगिएको थियो । झापा अदालतले पनि भुजेललाई धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले तोकेको धरौटी रकम बुझाए लगत्तै उनलाई पुनः पक्राउ गरि धनुषा लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

झापाका जिल्ला ईन्चार्ज सुमनसिंह पौडेलसहित नेतृ भुजेललाई प्रहरीले सुनसरीबाट गत पुष १२ गते पक्राउ गरेको थियो ।
नेता पौडेललाई समेत अदालतले धरौटीमा छाड्न आदेश दिएपनि पुनः पक्राउ गरेर सुनसरी लागिएको छ ।



प्रतिक्रिया दिनुहोस !