२३ बैशाख २०८१, आइतबार

रोल्पा: वडा अध्यक्षले श्रीमती कुटेर घर निकाला गरेको आरोप

प्रकाशित मिति :  24 May, 2020 5:15 pm


रोल्पा, ११ जेठ ।

रोल्पाको परिवर्तन गाँउपालिका वडा नम्बर-२ का वडा अध्यक्ष हरिप्रसाद बुढाले श्रीमतीलाई मरानसन्न हुने गरि कुटपिट गरेर घर निकाला गरेको आरोप लागेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीको परिवर्तन गाँउ कमिटीले विज्ञप्ति जारी गर्दै अध्यक्ष बुढाले श्रीमतीलाई मरनासन्न हुने गरि कुटपिट गरेर घर निकाला गरेको आरोप लगाउँदै कारवाही गर्ने चेतावनी दिएको छ ।

गाँउ कमिटी सेक्रेटरी विवशको नाममा जारी विज्ञप्तिमा भनिएको छ,‘वडा अध्यक्ष जस्तो व्यक्तिले निच व्यवहार प्रदर्शन गर्दै यातना दिने कुटपिट गर्ने,घर निकाला गर्ने र यसलाई म राख्दैन छोड्छु अर्कि ल्याउँछु भन्ने अभिव्यक्ति दिनुले सिंगो महिलाको अपमान भएको छ साथै कानूनको उपहास भएको छ र परिवर्तनवासी आम महिलाहरु असुरक्षित महसुस गरिरहेका छन् ।’

विप्लव नेतृत्वको नेकपाले पीडित महिलाले परिवर्तन गाँउपालिकाको न्यायिक समितिमा निवेदन दिँदा समेत समितिले न्याय दिनुको साटो सत्ता पक्ष पार्टी र न्यायीक समितिले वडा अध्यक्ष हरि बुढालाई सघाएको आरोप लगाएको छ ।

तर, वडाअध्यक्ष बुढाले भने आफूले कुटपिट नगरेको दाबी गरेका छन् । लुम्बिनी सञ्चारसँग कुरा गर्दै अध्यक्ष बुढाले भने,‘हाम्रो विवाद पहिलेदेखि थियो र सामान्य विवाद हो । तर कुटपिट गरेको होईन ।’

अध्यक्ष बुढाले पनि आफ्नो श्रीमतीबाट न्यायीक समितिमा उजुरी परेको स्वीकार गरे । उनले भने,‘कुटपिट मबाट भएको छैन उहाँको माइती पक्ष आएपछि माइत जानुभएको छ ।’



प्रतिक्रिया दिनुहोस !