१२ श्रावण २०८१, शनिबार

बाँकेको नरैनापुर गाँउपालिका निषेधित क्षेत्र घोषणा, सेना परिचालन गर्ने निर्णय,

प्रकाशित मिति :  24 May, 2020 6:23 pm


बाँके, ११ जेठ ।

कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित बनेका बाँकेको नरैनापुर गाँउपालिकामा सेना परिचालन गर्ने निर्णय गरिएको छ ।

समुदायस्तरसम्म कोरोना फैलन रोक्नका लागि आज राति ८ बजेदेखि निषेधित क्षेत्र घोषणा गरेर सेनासहित सबै सुरक्षा निकाय तत्काल परिचालन गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि लकडाउनलाई थप प्रभाविकारी बनाएर संक्रमण रोक्न आज राति ८ बजेदेखि अर्को निर्णय नभएसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।

पछिल्लो समय संक्रमित व्यक्तिहरुलाई आइसोलेशनमा पठाउन लाग्दा स्थानीयले अवरोध गर्ने र जोखिम झन बढ्न थालेपछि सेना परिचलान गरेर लकडाउन थप कडाई गर्न लागेको उपाध्यायले जानकारी दिए ।

नरैनापुर गाँउपालिकाले स्थानीय सरकारले मात्रै कोरोना संक्रमण रोक्न नसक्ने भन्दै विशेषज्ञ चिकित्सकसहितको टोली पठाउन र र थप सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

गाउपालिकालाई निषेधित क्षेत्र घोषणा गर्ने र उक्त आदेशको प्रभावकारी कार्यान्वयनका लागि भैरव प्रसाद गणसमेत सम्पूर्ण सुरक्षा निकायलाई तत्कालन परिचालन गर्ने निर्णय सुरक्षा समिति बैठकले गरेको छ । नरैनापुरमा अहिलेसम्म १ सय १४ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन् भने एक जनाको ज्यान गईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !