१६ चैत्र २०८०, शुक्रबार

उपचारपछि निको भएर घर फर्किइन कोरोना संक्रमित पहिलो स्वास्थ्यकर्मी

प्रकाशित मिति :  25 May, 2020 9:49 am


कपिलवस्तु, १२ जेठ ।

कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत कोरोना संक्रमित स्टाफ नर्स उपचारपछि आज घर फर्केकी छन् ।

नेपालकै कोरोना संक्रमित  पहिलो स्वास्थ्यकर्मी रहेकी उनी आज घर फर्केकी हुन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले जेठ १ र ४ गतेको स्वाब परीक्षण नेगेटिभ आएपछि केही समय निगरानीमा राखेर उनलाई डिस्चार्ज गरिएको जनाएको छ ।

स्वास्थ्य कार्यालयले भनेको छ,‘ उहाँको जेठ १ गते र ४ गतेको स्वाबको आरटी पीसीआर जाँचको नेगेटिभ आएको थियो । साथै थप केही दिन निगरानीमा राखी आज मिति २०७७ जेठ १२ गते अझै केही दिन होम क्वारेन्टाइनमा बस्ने सुझाव दिदै अस्पतालबाट डिस्चार्ज गरिएको छ ।’

उनलाई बैशाख ३० गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी कपिलवस्तुकै हुन् ।



प्रतिक्रिया दिनुहोस !