१७ बैशाख २०८१, सोमबार

कोरोना विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो हुने छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  25 May, 2020 6:02 pm


cGtjf{tf{ lbFb} k|wfgdGqL sf7df8f}F, & j}zfv k|wfgdGqL s]kL zdf{ cf]nL /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;lxt ;/sf/L :jfldTjdf ;~rf/ dfWodsf k|ltlglwx?nfO{ zlgaf/ k|wfgdGqL lgjf; afn’jf6f/df cGtjf{tf{ lbFb} . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno÷/f;;

काठमाण्डौं, १२ जेठ ।

प्रधानमन्त्री के.पी.शर्मा ओलीले कोरोना विरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो हुने विषयमा सरकार सचेत रहेको बताएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले भने,‘यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिइनु पर्छ । यसरी दक्षिण एसियाका कतिपय मुलुकहरुको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी छ, तर त्यो ढुक्क भएर बस्ने स्थितिमा भने छैन । कोरोना विरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्ने यथार्थप्रति सरकार सचेत छ ।’

प्रधानमन्त्री ओलीले आपूर्तिका सीमित स्रोत भएका कारण औषधि र स्वास्थ्य उपकरणको खरीदमा सिर्जना भएका केही अप्ठ्याराहरु हल भएको पनि दाबी गरेका छन् ।

उनले एक मात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट अहिले तीब्र बनाइएको बताए । प्रधानमन्त्री ओलीले परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरी यसलाई यथाशीघ्र अझै उन्नत बनाइने बताए ।

विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार रहेको प्रधानमन्त्री ओलीले जानकारी गराए ।

प्रत्येक स्थानीय तहलाई कोभिड–१९ सँग जुध्न सक्नेगरी स्वास्थ्य सुरक्षा, स्वास्थ्य सेवा, आधारभूत वस्तुहरुको आपूर्ति र शान्ति सुव्यवस्था कायम गर्नसक्ने तुल्याउन संघ र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्री सम्बोधनमा छ ।

प्रधानमन्त्री ओलीले भने,‘खासगरी क्वारेण्टिनको प्रबन्ध, राहत वितरण, आपूर्ति प्रणालीको व्यवस्थापन र अनुगमनमा स्थानीय तहलाई सक्षम पार्नेगरी साझेदारी अघि बढाइनेछ । क्वारेण्टिनको संख्या बढाउने र त्यसको स्तरमा पुनरावलोकन गरी व्यापक सुधार गरिनेछ । आवश्यकताअनुसार बन्द अवस्थामा रहेका होटल तथा उपयुक्त सार्वजनिक संरचनाहरुलाई समेत क्वारेन्टिनको रुपमा प्रयोग गर्ने बारेमा समेत योजना बनाइएको छ ।’

केन्द्रीय योजना र स्थानीय तहको व्यवस्थापनमा संक्रमित नागरिकको स्वास्थ्योपचार र क्वारेन्टिनमा राखिएका व्यक्तिहरुको खानपान तथा हेरचाह व्यवस्थित गरिने प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले महामारी विस्तार भएको ठाउँलाई सील गरी त्यहाँ ‘युद्धस्तर’मा परीक्षण तथा नियन्त्रणको कार्यलाई अघि बढाइने योजना सुनाए । उनले भने,‘ महामारी अहिले फैलिँदो अवस्थामा छ । यस महामारीसँग जुध्न सबै सरकारी निकायहरु चुस्त र प्रभावकारी हुनै पर्दछ । समयको चुनौती सामना गर्न नसक्ने कुनैपनि संरचनाको नेतृत्वको तत्काल पुनव्र्यवस्था गरिने छ ।’

राष्ट्रिय सङ्कटको यस घडीमा खेलेको भूमिकालाई नै सम्बन्धित व्यक्तिको मूल्याङ्कनको मुख्य आधार बनाउँदै दण्ड र पुरस्कारको समेत व्यवस्था गरिने प्रधानमन्त्री जानकारी गराए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्ध एकीकृत ‘कमाण्ड’ एवं केन्द्रीय योजनालाई थप प्रभावकारी बनाइने बताए ।

उनले भने,‘संघ, प्रदेश र स्थानीय तहबीच कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका क्षेत्रमा जिवन्त सूचना संवाद तथा प्रभावकारी समन्वयका लागि तीनवटै तहमा सम्पर्क व्यक्ति वा निकाय तोकी विद्यमान संस्थागत व्यवस्थालाई अझ चुस्त तुल्याइनेछ ।’

प्रधानमन्त्रीले फैलिँदो महामारीप्रति चासो राख्ने र यस महामारी विरुद्धको लडाईँमा कुनै न कुनै रुपमा संलग्न विभिन्न पक्षलाई समेत समेटेर एउटा परामर्शदातृ संयन्त्र छिट्टै घोषणा गरिने जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !