२४ मंसिर २०८१, सोमबार

पहाडी भेगमा हल्का वर्षा, उच्च पहाड र हिमालमा हल्का हिमपातको सम्भावना

प्रकाशित मिति :  5 November, 2024 8:43 am


काठमाडौँ। देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मंगलवार बिहानीपख देशभर आंशिक देखि साधारणतया बदली रहि देशका पहाडी भू–भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक-दुइ स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू‍–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहको विभागले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !