८ चैत्र २०७९, बुधबार

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आह्वान

प्रकाशित मिति :  26 May, 2020 12:38 pm


काठमाण्डौं, १३ जेठ । 

प्रधानमन्त्री के.पी. शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले बेलुकी ५ बजे प्रधानमन्त्री निवाव वालुवाटारमा सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

कोरोना संक्रमण बढ्दै गएको र नयाँ नक्शाका लागि निशान छाप परिवर्तन गर्न संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता भएको अवस्थामा प्रधानमन्त्री ओलीले संर्वदलीय बैठक बोलाएका हुन् ।

लिम्पियाधुरा,लिपुलेक र कालापानी समावेश गरिएको नेपालको नयाँ नक्शासहितको निशान छापका लागि संविधान संसोधन गर्न सरकारले संसदमा विधेयक दर्ता गराएको छ ।

मधेशवादी दलले आफ्नो माग समेत समावेश गरेर संविधान संसोधन गर्नुपर्ने आवाज उठाएको छन् । कोरनाको संक्रमण समेत बढ्दो छ । यो अवस्थामा प्रधानमन्त्रीले सर्वदलीय बैठकको अह्वान गरेका हुन् । यसअघि पनि सीमा सम्बन्धि विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।

,



प्रतिक्रिया दिनुहोस !