२८ भदौ २०८३, आइतबार

देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक छः अध्यक्ष दाहाल

प्रकाशित मिति :  16 November, 2024 5:32 pm


काठमाडाैँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताएका हुन् । उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भुमिका खेल्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताए । उनले अहिलेको सरकारको उद्देश्य सुशासनको नभइ भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए ।

“अहिले देशमा एकपटक फेरि हामीले एउटा नयाँ आन्दोलनको सूत्रपात गर्नुछ । नयाँ समाजवादी आन्दोलनको । नयाँ उत्पादन आन्दोलनको सूत्रपात गर्नुछ । यो नयाँ समाजवादी आन्दोलन, उत्पादनको आन्दोलनमा हामीले अग्रणी भुमिका निर्वाह गर्नुपर्छ । हामीले संविधान सभाबाट संविधान बनाउँदै गर्दा हामीले भनेको जस्तो संविधान बनेको होइन । हामीले केही कुरा रिजर्भ राखेर, केही कुरा नोट अफ डिसेन्ट राखेर, शासकीय स्वरुपको बारेमा होस्, निर्वाचन प्रणालीको बारेमा होस्, पहिचानको मुद्दामा होस्, हामीले आफ्ना केही कुरा थाँती राखेर संविधान सभाको माइन्युटमा हाम्रो भिन्न मत दर्ता गराएका थियौँ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !