५ जेष्ठ २०८१, शनिबार

अमेरीकी परियोजना एमसीसी पारित नगर्न विप्लव नेतृत्व नेकपाको चेतावनी

प्रकाशित मिति :  26 May, 2020 5:06 pm


काठमाण्डौं, १३ जेठ ।

विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय जनपरिषद् नेपालले अमेरीकी परियोजन एमसीसी पारित नगर्न चेतावनी दिएको छ ।

जनपरिषद् प्रमुख सन्तोष बुढामगरले आज वज्ञप्ति जारी गर्दै सरकार र सांसदलाई कुनै पनि स्थितिमा एमसीसी पारित नगर्न आग्रह गरेका छन् । उनले उक्त सम्झौता पारित भएमा त्यसका विरुद्ध जनपरिषद् नेपालले प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

अमेरिकी सरकारलाई पनि चेतावनी दिँदै भनेका छन्, ‘नेपालमा के पी सरकार मात्र छैन, देशको सार्वभौमिकताबारे गरिने निर्णय केपी सरकारले मात्र पारित गरेर लागू नहुने स्पष्ट छ ।

नेपालमा देशभक्त, श्रमिक जनताको जनसरकार जनपरिषद् नेपाल कार्यरत छ । एमसीसी सम्झौता पारित भएमा जनपरिषद्ले प्रतिरोध     गर्नेछ ।’ पछिल्लो समय संसदमा एमसीसीबारे बहस चल्न थालेपछि विप्लव नेतृत्व नेकपाको यस्तो धारणा आएको हो ।

जनपरिषद् प्रमुख सन्तोष बुढामगरले विज्ञप्तिमा कोरोना महामारीले विश्व–समुदायलाई अभूतपूर्व क्षति पु¥याइरहेको स्थितिमा नेपाल राष्ट्रसँग सम्बन्धित केही राष्ट्रियतालगायत गम्भीर घटनाहरू देखापरेकाले ती विषयमा नेपाली जनताको प्रतिनिधित्व गर्ने जनपरिषद् नेपालको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘ ‘नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले दिन–प्रतिदिन बढाउँदै लगेको अतिक्रमणविरुद्ध सिङ्गो नेपाल राष्ट्र एक भएको छ । राष्ट्रिय सार्वभौमिकताका पक्षमा देखिएको यो राष्ट्रिय एकतालाई जनपरिषद् नेपाल स्वागत गर्दछ र ऐक्यबद्धता प्रकट  गर्दछ । साथै भारत सरकारलाई आफ्नो अतिक्रमणवादी हस्तक्षेपबाट फिर्ता जान पनि आग्रह गर्दछ ।’

प्रमुख बुढाले नेपाल सरकारलाई आफ्नो भूमिको रक्षा गर्न लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमि समेटिएको नयाँ नक्सा प्रकाशन गरी कूटनीतिक पहलसँगै प्रशासनिक पहल बढाउन पनि माग गरेका छन् । विप्लव नेतृत्वको नेकपाले परिषद्लाई समानान्तर सरकारको रुपमा सञ्चालन गर्दै आएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !