वडा अध्यक्षको क्वारेन्टाईनमै मृत्यु
प्रकाशित मिति : 27 May, 2020 7:25 am

कञ्चनपुर, १४ जेठ ।
कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटेका एक वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर-७ का वडा अध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको हो।
वडा नम्बर-७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा लागेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले वडा अध्यक्ष रानाको मृत्युको कारण खुल्न नसकेको बताका छन् । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ र कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ।