कोरोना संक्रमितको संख्या बढ्दो,एकै दिन १ सय ५६ जनामा संक्रमणको पुष्टि

काठमाण्डौं, १५ जेठ ।
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
यो संगै नेपालमा कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । जसमध्य मध्ये ५ जनाको मृत्यु भएको छ भने १ सय ९० जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ ।
यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा १४ जनामा संक्रमित थपिएका प्रवक्ता देवकोटाले जानकारी दिए ।
यस्तै दैलेखका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतकै १३, बझाङका एक र पहिचान खुल्न नसकेकी एक महिला गरी १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
दोलखाका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जनामा कोरोना संक्रमित भएका छन् । बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।