२२ बैशाख २०८१, शनिबार

चीनसँगको तनावलाई लिएर भारतीय प्रधानमन्त्रीको ‘मूड’ ठिक छैनः राष्ट्रपति ट्रम्प

प्रकाशित मिति :  29 May, 2020 8:27 am


काठमाण्डौं, १६ जेठ ।

चीन र भारतबीच तनाव बढीरहेका बेला अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी आफू मध्यस्थता गर्न तयार रहेको दोहोराएका छन् ।

राष्ट्रपति ट्रम्पले भनेका छन्,‘यदि उनीहरुलाई मैले कुनै सहयोग गर्न सक्छु जस्तो लाग्छ भने म मध्यस्थता गर्नका लागि तयार छु ।’ उनले योबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको समेत बताएका छन् ।

ट्रम्पको दाबी छ कि चीनसँगको तनावलाई लिएर प्रधानमन्त्री मोदीको मूड ठिक छैन । उनले पत्रकारहरुसँग भनेका छन्,‘यो तनावलाई लिएर भारत खुशी छैन र सायद चीन पनि खुशी छैन ।’

राष्ट्रपति ट्रम्पको दाबी छ कि चीन र भारतबीच अहिले ठूलो टकरावको स्थिति छ । उनले पत्रकारहरुसँग भने,‘भारत र चीनबीच अहिले ठूलो टकरावको स्थिति छ । दुइ देशबीच एक— एक अर्ब ४० करोडको जनसंख्या छ । दुबै देशबीच धेरै बलियो सेना छ । भारत यो तनावले खुशी छैन र सायद चीन पनि खुशी छैन । मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए र चीनसँग जे भइरहेको छ उक्त विषयलाई लिएर उनको मूड ठिक छैन ।’

बुधबार मात्रै राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुइदेशबीच बढेको तनावको विषयलाई लिएर मध्यस्थता गर्न तयार रहेको बताएका थिए । ट्रम्पको प्रस्तावसँग भारतले शान्तिपूर्ण समाधानका लागि चीनसँग छलफल जारी रहेको बताएको थियो । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्,‘ हामी शान्तिपूर्ण समाधानका लागि चीनसँग सम्पर्कमै छौं । ’

अमेरीकी राष्ट्रपतिको प्रस्तावमाथी चीनको विदेश मन्त्रालयले कुनै प्रतिकृया त जनाएको छैन तर चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले दुई देशबीचका विषयमा यस्तो खाले कुनै मध्यस्थता आवश्यक नरहेको बताएको छ ।

अहिले भारतको लद्दाख र अक्साई चीनको सीमाना गलवान घाँटीमा तनाव बढीरहेको छ । भारतले गलवान घाँटीको छेउमा चीनको सेनाले टेन्ट लगाएर गतिविधि गरिरेको आरोप लगाएको छ ।

यो क्षेत्रमा दुबै देशले सेनाको संख्या बढाएका छन् । केही समय पहिले भारतीय सेनालाई चीनका सेनाले नियन्त्रणमा लिएर छोडेको समाचार सार्वजनिक भएको थियो । यसै क्षेत्रमा दुई सेनाबीच झडप समेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस !