८ बैशाख २०८१, शनिबार

कृषिमा बजेट बढेको छ, कृषि मन्त्रालयले मात्रै यस क्षेत्रको लगानी प्रतिनिधित्व गर्दैन: अर्थ मन्त्री खतिवडा

प्रकाशित मिति :  29 May, 2020 5:24 pm


काठमाण्डौं, १६ जेठ । 

अर्थमन्त्री डा.युवराज खतिवडाले कृषिको बजेट आकार सानो देखिएपनि उल्लेखनीय बृद्धी भएको बताएका छन् ।

बजेटपछि आज अर्थमन्त्रालयमा आयोतित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले आधाजति कार्यक्रम प्रदेश र स्थानीय तहबाट सञ्चालन हुँने भएकाले बजेटमा उल्लेखनीय बृद्धी गरेपनि आकारमा सानो जस्तो देखिएको उल्लेख गरे ।

उनले भने,‘कृषिको बजेट हामीले उल्लेखनीय मात्रामा बढाएका छौं । कृषिका कार्यक्रमहरु धेरै प्रदेश र स्थानीय तहबाट पनि कार्यान्वयन भइजाने र आधाजसो कृषिका कार्यक्रमहरु प्रदेश र स्थानीय तहमा सञ्चालन हुँने भएकाले कृषिको बजेट अहिले उल्लेखनीय बृद्धी गरेपनि आकारमा सानो जस्तो देखिन सक्छ ।’

अर्थमन्त्री खतिवडाले कृषि अन्तर्गत सिंचाईका आयोजनाहरु, ग्रामिण पूर्वाधारका आयोजनाहरु, खाद्य भण्डारका  योजनाहरु,विद्युतीकरणका आयोजनाहरु कृषिको यन्त्रिकरण र आधुनिकीकरणसंग जोडिएको स्मरण गराए ।

यि सबै आयोजनाहरु सम्बन्धित मन्त्रालयहरुबाट कार्यान्वयन हुने तर्फ पनि जानकारी गराए । कृषि मन्त्रालयको कार्यक्रम कृषिको उत्पादनसँग मात्रै जोडिएको कारणले यसले मात्रै पूर्ण कृषि क्षेत्रमा भएको लगानीको प्रतिनीधित्व नगर्ने मन्त्री खतिवडाको भनाई छ ।

मन्त्रि खतिवडाले भने,‘कृषिको पूर्ण प्रतिनिधित्व हुने गरि सहायक कृयाकलाप सबै जोड्ने हो भने कृषि र ग्रामिण क्षेत्रको बजेट उल्लेखनीय मात्रामा बढेको छ ।’

कृषि मन्त्रालयको बजेट कम भएको भन्दै असन्तुष्टि देखिएको छ । कृषि क्षेत्र र स्वयं कृर्षि मन्त्रालयका अधिकारीले पनि बजेटप्रति असन्तुष्टि जनाएका बेला अर्थमन्त्री खतिवडाको यस्तो भनाई आएको हो ।



प्रतिक्रिया दिनुहोस !