२४ बैशाख २०८१, सोमबार

चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु

प्रकाशित मिति :  29 May, 2020 5:41 pm


रोल्पा, १६ जेठ । 

रोल्पामा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।  त्रिवेणी गाउँपालिका-७ गुठिमधारामा दुई महिलाको मृत्यु भएको हो ।

चट्याङ लागेर ७५ वर्षीया खिर्मा बाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको हो । बिहान करिब दश बजेतिर परेको चट्याङ लागेर दुबै जना बेहोस भएका थिए ।

बेहोस भएपछि उपचारका लागि रोल्पा अस्पताल रेउघा लगिएपनि पहिले नै उनीहरुको मृत्यु भईसकेको अस्पतालले जनाएको छ । खिर्मा बिहीबार साँझ मात्र माइती आएकी थिइन्। वैशाख २५ गते रोल्पाकै सिर्पमा चट्याङ लागेर दुईजना मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !