५ जेष्ठ २०८१, शनिबार

जेठ ३२ सम्म लकडाउन थप्ने सरकारको निर्णय,सेना परिचालन गर्न राष्ट्रपति समक्ष सिफारिस

प्रकाशित मिति :  30 May, 2020 9:19 pm


काठमाण्डौं, १७ जेठ । 

सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गर्दै सेना समेत परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले सेना परिचालनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् स्रोतले भन्यो,‘ सेना परिचालनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ तर राष्ट्रपतिबाट सहमति आएपछि थप जानकारी बाहिर आउँछ ।’

हरेक दिन कोरोना संक्रमण र मृतकको संख्या बढ्न थालेपछि सरकारले सेना परिचालन गर्ने निर्णय गरेको हो । लकडाउनको केही मोडालिटी परिवर्तन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

लकडाउनको मोडालिटी तयार गर्न मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिलाई जिम्मा दिने निर्णय गरेको छ । उच्चस्तरीय समितिले लकडाउनको ढाँचा तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेश गर्ने छ ।

हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !