१३ बैशाख २०८१, बिहिबार

डिप्रोक्स लघुवित्तद्धारा रोल्पा नगरपालिकाको क्वारेन्टाइनका लागि सामाग्री हस्तान्तरण

प्रकाशित मिति :  31 May, 2020 8:01 pm


रोल्पा, १८ जेठ ।

डिप्रोक्स लघुवित्त शाखा कार्यालय लिबाङ रोल्पाले रोल्पा नगरपालिका-२ मा रहेको क्वारेन्टाइनमा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

शाखा कार्यालय रोल्पाका प्रमुख दलबहादुर ओलीले २० हजार रुपैयाँ बराबरको सामग्री रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीलाई हस्तान्तरण गरेका हुन् ।

क्वारेन्टाइनका लागि १० थान डसना, १० थान सिरानी, १० थान कम्बल र १० थान तन्ना नगरपालिकाको कार्यालयमा हस्तान्तरण गरिएको प्रमुख ओलीले जानकारी दिए । महामारीको बेला यस्ता सहकार्यले कोभिड रोकथामको लागि भूमिका निर्वाहका लागि शाखा मार्फत सामग्री दिएको वलीले बताए ।

महामारीको बेला सबैले हरेक ठाउँबाट सहयोग गरिरहेकोमा डिप्रोक्सको सहयोगले क्वारेन्टाइन व्यवस्थापन गर्न सहज हुने भन्दै नगर प्रमुख केसीले धन्यवाद दिए ।



प्रतिक्रिया दिनुहोस !