२५ बैशाख २०८१, मंगलबार

गृह मन्त्रालयद्धारा सीडीयोहरुको सरुवा, रोल्पामा नरेन्द्रकुमार राना

प्रकाशित मिति :  1 June, 2020 3:48 pm


काठमाण्डौं, १९ जेठ ।

गृह मन्त्रालयले आज ४४ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।  जेठ १८ गते भएको मन्त्रीस्तरको निर्णयबाट विभिन्न कार्यालयमा कार्यरत सहसचिव र उपसचिवहरुको सरुवा, काज तथा पदस्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारी दरबन्दीसहित ४४ जनाको सरुवा गरेको जनाएको छ ।  रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको को पनि सरुवा भएको छ । गृह मन्त्रालयले ढकाललाई इलाका प्रशासन कार्यालय सिमरा बारामा सरुवा गरेको हो ।

नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा गृहमन्त्रालय उपसचिव नरेन्द्रकुमार रानालाई रोल्पा सरुवा गरिएको छ ।

कसको कहाँ सरुवा ? हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस !