१२ आश्विन २०७९, बुधबार

बाँके दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुल्यो, मृत्यु हुने धेरैजसो रोल्पा र दाङका

प्रकाशित मिति :  1 June, 2020 6:51 pm


काठमाण्डौं, १९ जेठ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको गाडि दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान भएको छ ।

दुर्घटनामा १२ जनाको ज्यान गएको थियो । ज्यान गुमाउने मध्य धेरै रोल्पा र दाङका रहेका छन् । दुर्घटनामा निमबहादुर ओली, रोल्पा कुरेलीका देउविर विक, बुद्धिराम विक, रोल्पा थवाङ ३ का भिमबहादुर विक , नरेन्द्र विक, रोल्पा होलेरीका मोहनचन्द्र विक रहेका छन् ।

त्यस्तै, दाङ राजपुरका रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुनको पनि दुर्घटनामा निधन भएको छ । त्यस्तै गाडि चालक दैलेख गुराँस गाँउपालिकाका दानबहादुर खड्का र सहचालक तातापानी सुर्खेतका पवन भण्डारी र रितेश कार्कीको पनि निधन भएको छ । छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गएराति सवा १२ बजेतिर दुर्घटना भएको थियो । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा घाईते भएकाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । घाइते र मृतको कोरोना परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !