२१ बैशाख २०८१, शुक्रबार

पर्वतमा पहिलो पटक ५ जनालाई कोरोना संक्रमण, स्याङ्जामा ५ जना थपिए

प्रकाशित मिति :  2 June, 2020 7:22 am


काठमाण्डौं, २० जेठ ।

पर्वतमा पहिलो पटक ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विहान सार्वजनिक गरेको संक्रमितको संख्यामा पर्वतमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ ।

स्याङ्जामा थप ५ जना संक्रमित भेटिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२ तथा ४० बर्षीय ४ जना पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

पर्वतको त्यसैगरी फलेबास नगरपालिका घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका रहेका २० र ४० बर्षीय २ जना पुरुष तथा सोही क्वारेन्टाइनमा रहेका महाशीला गाउँपालिकाका १९, २० र २१ का ३ जना पुरुषमा संक्रमण देखिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । पर्वतमा कोरोना देखिएसँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ६ जना पुरुष तथा २ महिला , स्याङ्जाका ११ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ८ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका १ जना पुरुष र तनहुँका १ जना पुरुष तथा पर्वतका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !