२० बैशाख २०८१, बिहिबार

रोल्पा विष्फोटमा मृत्यु भएका बालबालिकाका परिवारलाई द्धन्द्धकालकै क्षतिपूर्ति र सुविधा दिईयोस् :सांसद देवकोटा

प्रकाशित मिति :  2 June, 2020 12:11 pm


काठमाण्डौं, २० जेठ । 

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले रोल्पाको त्रिवेणी गाँउपालिकामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाका परिवारलाई तत्कालिन द्धन्द्धकालिन अवस्था दिईने क्षतिपूर्ति र सुविधा दिन माग गरेकी छन् ।

राष्ट्रिय सभा बैठकमा बोल्दै देवकोटाले बैखाख १८ गते त्रिवेणी गाँउपालिका-४ मा भएको विष्फोटमा ज्यान गुमाएका ४ जना बालबालिकाका परिवारलाई राहत र क्षतिपूर्ति दिन माग गरेकी हुन् ।

उनले भनिन्,‘बैशाख १८ गते बम विष्फोटबाट मृत्यु भएका त्रिवेणी गाँउपालिका—४ का ४ बालबालिकाको दुखद निधन भएको छ । त्यसैले सशस्त्र द्धन्द्धको बेला तत्कालिन अवस्थामा दिईने क्षतिपूर्ति र सुविधाहरु उपलब्ध होस् भन्ने सरकारसँग माग गर्दछु ।’

वैशाख १८ गते बेवारिसे बम विष्फोट हुँदा बाख्रा चराएर घर फर्किरहेका १५ बर्षीय नोखिराम डाँगी,१३ बर्षीय गौरव नेपाली,११ बर्षीया विमला के।सी र ५ बर्षीय विजय के।सी।को घटनास्थलमै ज्यान गएको थियो ।

जेठ १ गते प्रदेश-५ सरकारले बम विष्फोटमा ज्यान गुमाएका बालबालिकाका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णयबाहेक अरु निर्णय भएको छैन ।

सांसद देवकोटाले द्धन्द्धकालका लुकाईराखेका बमहरु वर्षेनी भेटीने र विफोट हुँदा जनता त्रासमा रहेको बताईन् । उनले सशस्त्र द्धन्द्धको नेतृत्व गर्नेले नै गृह मन्त्रालयको नेतृत्व गरेकाले ज्ञान, अनुभव र जानकारीका आधारमा खोजी गरेर बमहरु निष्कृय पार्नुपर्नेमा जोड दिईन् ।



प्रतिक्रिया दिनुहोस !